तीस हजार सिरिन्ज नेपाल भित्रियो

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न नेपालमा ३० हजारवटा सिरिन्ज आयात भएको छ। अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार सिरिन्जपछि ९,२०० पल्स अक्सिमिटर, १२० फेस सिल्ड र २१६ मेडिकल फर्निचर आयात भएको छ। यसै गरी दोस्रो लहर फैलिएपछि १,८१,१८२ वटा मेडिकल उपकरण ल्याइएको भने ६,६०२ औषधि भन्सारबाट भित्रिएको छ।

सम्बन्धित सामग्री

नेपाल भित्रियो गुड्ने मिनी अस्पताल

अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन ६/६ वटा सुविधायुक्त शय्या र साथमा सीसीक्यामेरा पनि हुन्छ