धान तथा चामलको आयात घट्यो, पछिल्लो सात महिनामा नेपाल भित्रियो २३ अर्ब ७० करोडभन्दा बढीको धान तथा चामल

काठमाडौं, १९ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना(साउन–माघ)मा नेपालले २३अर्ब ७०करोड ८६लाख २३हजार रुपैयाँको धान तथा चामल आयात गरेको छ। भन्सार विभागका अनुसार अघिल्लो वर्ष सोही अवधिमा नेपालले ३२अर्ब ३८करोड ७७लाख ६५हजार रुपैयाँको धान तथा चामल आयात गरेको थियो। पछिल्लो सात महिनामा नेपालले १३अर्ब ४करोड ७८लाख ४०हजारको धान र १०अर्ब ६६करोड ७लाख ८४हजार रुपैयाँको चामल निर्यात गरेको छ।

सम्बन्धित सामग्री

धान तथा चामलको आयात घट्यो, पछिल्लो आठ महिनामा २६ अर्बभन्दा बढीको भित्रियो

काठमाडौं, ९ चैत। नेपालले पछिल्लो आठ महिनामा विभिन्न देशबाट २६अर्ब ६करोड ६९लाख ६१हजार रुपैयाँको धान तथा चामल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यमा ५७करोड ५५लाख ९९हजार ९२२ केजी धान तथा चामल नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले ३६अर्ब ७६करोड ५७लाख ५८हजार रुपैयाँको धान तथा चामल आयात गरेको थियो।