काठमाण्डाै - बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान सूचना निकालेर बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी रहेको जनाएको छ ।
नेपालगञ्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने तथा हुलदङ्गा, अशान्ति गर्ने उद्देश्यले एकै ...