कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र सरकारद्धारा यसको रोकथाम, उपचार तथा नियन्त्रणका सन्दर्भमा दिइएका निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ ।
प्राप्त जानकारीअनुसार आजसम्म चार जिल्लामा आंशिकसहित मुलुकका ७४ जिल्लामा आदेश कार्यान्वयनमा रहेको छ । मनाङ, खोटाङ र ते...