कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा पनि आज मध्यराति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार साँझ एक सूचना जारी गरी उक्त जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार बसेको बैठकले वैशाख ३१ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।रौतहटका प्रजिअ ईन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोक थामको लागि निषेधाज्ञा गरिएको जानकारी दिएका छन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन