सिन्धुलीमा आयुर्वेद उपचारप्रति बिरामीकाे आकर्षण

सिन्धुली । सिन्धुलीमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीहरुको चासो बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा उपचारका लागि आउने बिरामीहरुको संख्यामा बढ्दै गएकाे हो । भौतिक संरचनाको अभाव, न्यून चिकित्सक तथा विभिन्न कठिनाइका वावजुद पनि केन्द्रले दैनिक जसो स्वास्थ्य उपचारमा आउने बिमारीहरुका लागि उपचार र परामर्श सेवा उलब्ध गराउदै आएको छ । […]