कारमा लङ ड्राइभ जानुअघि...

आफ्नै कारमा लङ ड्राइभमा जाने रहर कसको पो नहोला र । तर, यसरी लामो यात्रा गर्दा कारको कन्डिसनलगायत कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । ताकि, तपाईंको यात्रा सफल होस् ।  कारधनीले पांग्रामा प्रयोग भएको टायरको...

सम्बन्धित सामग्री

थपिदै ‘अल ह्वील ड्राइभ’ विद्युतीय कार, मूल्य कति ?

काठमाडौं । अल ह्वील ड्राइभ कारमा मोटर पावर धेरै हुने भएकाले कर धेरै लाग्ने र मूल्य महंगो पर्छ । महंगो मूल्य पर्ने भएसँगै यसलाई किन्न चाहने ग्राहकको संख्या पनि कम छन् । सुरुमा कुनै पनि कम्पनीले अल ह्वील ड्राइभ इलेक्ट्रीक कार नेपाल नल्याएपनि बिस्तारै धेरै कम्पनीले ल्याउन थालेका छन् । पावर र पर्फमेन्स चाहने उपभोक्ताको […]

सस्तो मूल्यको स्पोर्टस् कार टेष्ट ड्राइभ (भिडियोमा)

काठमाडौं । स्पोर्टस् कारको मूल्य निकै महंगो हुनेगर्छ । तर, प्रविधिको विकाससँगै बजारमा कम मूल्यमै स्पोर्टस् कार पाउने अवस्था छ । एमजी-फोर टेष्ट ड्राइभः ब्याट्री र फिचरको आधारमा प्रतिस्पर्धीभन्दा सस्तो यो पनि पढ्नुहोस् पेट्रोलियम पदार्थबाट चल्ने स्पोर्टस् कारमा धेरै कर लगाइएको कारण महंगो मूल्य तिरेर किन्नु पर्ने भएको कारण धेरैले इच्छा गरेर पनि किन्न सक्ने […]

बीवाइडीको सुपरकार सार्वजनिक, मूल्य ३ करोडभन्दा माथि

काठमाडौं । बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङले इलेक्ट्रीक सुपरकार मोडल ‘यु-९’ सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ बजारमा बिक्री सुरु गरेको सुपर कारको टप स्पीड क्षमता ३१० किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले ई-४ प्लेटफर्ममा तयार पारेको कारमा फोर ह्वील ड्राइभ अप्सन दिइएको छ । चारवटै चक्कामा अलगै मोटर प्रयोग गरिएको र यी मोटरहरुको संयुक्त पावर […]

ई-सीथ्रीको ५०० किलोमिटर ड्राइभ : औसत कारमा, लग्जरी यात्रा

काठमाडौं । बजारमा विद्युतीय कारको चर्चा खुबै हुन थालेको छ । मूल्यको हिसाबले १३ लाखदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विद्युतीय कार किन्न पाइने भएपछि चर्चा हुनु स्वभाविक हो । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रीक सीथ्री मोडललाई हामीले ५०० किलोमिटरभन्दा बढी चलाएपछि यसको अनुभव तपाईंहरूसँग सेयर गर्न लागेका हौं । मूल्यको हिसाबले […]

बीएमडब्लूको सर्वाधिक सफल इलेक्ट्रिक एसएभी ‘आईएक्स–३’ नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल ‘आईएक्स–३’ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल ‘एक्स–३’को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडल ‘आईएक्स–३’ नेपाल ल्याएको हो ।  बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक विक्री हुने मोडल हो ।  ‘नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको मागबमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरेका हौं,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।  निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर छ ।  यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।  कारमा १६ ओटा स्पीकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगीतको उत्कृष्ट अनुभव लिन सकिने कम्पनीको भनाइ छ ।  यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्विल, एम्बियन्ट लाइटको कारण क्याबिनले निकै प्रिमियम फिल गराउने कम्पनीको भनाइ छ । स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामिक ह्विल पाउन सकिन्छ ।  काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम संचालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।  कम्पनीको प्रोडक्ट लाइनअपमा BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series उपलब्ध छन् ।  पेट्रोलियमबाट चल्ने एक्स–३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेग्मेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

सिट्रोनको इलेक्ट्रीक माइक्रो कारमा ८ किलोवाटको मोटर

काठमाडौं । विश्वको ७५ प्रतिशत कार विक्री हुने देशहरुमा लेफ्ट ह्याण्ड ड्राइभ सिस्टम रहेको कारण अधिकांश उत्पादकको पहिलो रोजाई लेफ्ट ह्याण्ड ड्राइभ हुने गरेको छ । त्यसैले अधिकांश कम्पनीको दोस्रो रोजाईमा राइट ह्याण्ड ड्राइभ बजार पर्ने गरेको पाइन्छ । यूरोपियन ब्राण्ड सिट्रोनले आफ्नो चर्चित र सफल माइक्रो इलेक्ट्रीक कार सिट्रोन एएमआईलाई बेलायती बजारमा सार्वजनिक गर्ने […]

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक

काठमाडौं (अस) नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हर्षपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनको सुरुआती भेरिएन्ट कम्फर्ट लाइनको मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीनमध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार पर्छ । कम्पनीका अनुसार भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई लक्षित गरी विशेष रूपमा टाइगुनको डिजाइन गरिएको छ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने कम्पनीको विश्वास छ । ४० भन्दा बढी सुरक्षात्मक संयन्त्रसहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्न सक्छन् । यो कारमा ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज प्रयोग गरिएको छ । फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइनसहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइटसँग एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्वीलबेस भएका कारण नेपाली सडकका लागि यो गाडी उपयुक्त रहेको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघन्टासम्मको गतिलिन सक्छ । यसमा १० इन्चइन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलइडी टेललाइटलगायत विशेषता छन् । पत्रकार सम्मेलनमा पूजा इन्टरनेशनल नेपाल प्रालिका सीईओ विवेक बिजुक्छेले फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कारभित्रका यात्रुलाई मात्र नभई कार बाहिरकालाई समेत सुरक्षित राख्ने बताए । मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुकाला गिथ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुटसमेत उपलब्ध गराउनेछ । प्रथमवर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्रीवितरणगर्ने लक्ष्य राखिएको छ । पूजा इन्टरनेशनलले पर्व लक्षित ‘भक्स फेस्ट सरप्राइज’ टाइगुन मेला वान दरबार महल दरबारमार्गमा आगामी तिहारसम्म सञ्चालन गर्ने भएको छ । मेलामा ग्राहकले सजिलै उक्त गाडीको टेस्ट ड्राइभ र विभिन्न उपहार बीएमडब्लु–जी३१०जीएस, सुजुकी बरमान स्कुटी र सामसुङ जेड फिलिप्स३ जित्न सक्ने कम्पनीले बताएको छ ।

यस्तो छ पारस खड्काले चढ्ने एक्सयुभी ३०० कार

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अहिले  महिन्द्रा एक्सयूभी ३०० कारमा हुँइकेको देखिन्छन्। गत बुधवार व्यापारिक घराना अग्नि ग्रुपले उनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गर्दै महिन्द्रा एक्सयूभी एसयूभी ३०० कार दिएको थियो। महिन्द्रा एक्सयूभी ३०० कारको केही साताअघि हामीले टेस्ट ड्राइभ गरेका थियौं।  ++ दरबारमार्गमा नम्बर नभएको एउटा सेतो एक्सयूभी रोकिँदा

नेपाल भित्रियो नयाँ स्टाइलब्याक टाटा टिगोर

स्टाइलब्याक टाटा टिगोर नेपाल भित्रिएको छ। टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टे«डिङले राजधानीमा एक कार्यक्रमका बीच नयाँ गाडी सार्वजनिक गरेको हो। मल्टी ड्राइभ मोडको लागि रिभोटर्न १.२ लिटर पेट्रोल भेरियन्टमा रहेको गाडीको मूल्य २३ लाख ४५ हजार रहेको छ। नेपालभर यही मूल्यमा गाडी उपलब्ध रहेको कम्पनीले जनाएको छ। कारमा ड्युअल इयरव्याग छ। जसले गर्दा…