काठमाण्डौ – प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुन: एकीकरणसम्बन्धी सम्मेलन २०७८ सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले कात्तिक ११ र १२ गते काठमाण्डौमा सञ्चालन गरेको कार्यक्रम १९ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार समापन गरिएको हो । सम्मेलनमा स्वदेश फिर्ता भएका श्रमिकको पुन: एकीकरणलाई कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने कुरामा वृहत छलफल भएको छ ।
सम्मेलनले जारी गरेकाे घोषणापत्रमा पुन: एकीकरणसम्बन्धी नीति, सम्बन्धित ऐन–कानुन र संरचनागत व्यवस्था शिघ्र निर्माण गर्नुपर्ने, स्थानीय तहको ...