नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको दुई दिने ‘प्रथम राष्ट्रिय सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवीको पेशागत मुद्दा, पत्रकारिताको मर्यादा र गरिमा कायम राख्न पत्रकार स्वयं सचेत, सजग र जिम्मेवार हुनुपर्ने र विधागत रुपमा सक्रिय सञ्चारकर्मीलाई संस्थागत सहभागितालाई प्रोत्साहन गर्नुपर्नेलगायत विषयलाई उठाएको छ ।
सम्मेलनले कानुनमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान संशोधन गर्न माग गर्ने, विद्युतीय कारोबार ऐनको दफा ४७ मा रहेको प्रावधान प्रेस ...