विश्वभर बढेको महंगीले घरजग्गा बजारलाई दोहोरो झट्का !

माघ १३, काठमाडौं । कोरोना भाइरसको महामारी बीच पछिल्लो समय विश्वभर महँगी बढेको छ । ओमिक्रोन भेरिएन्टको प्रकोपको साथै मुद्रास्फीतिमा भइरहेको वृद्धितर्फ औंल्याउँदै बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि विश्वको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । यूरोजोनमा मुद्रास्फीति डिसेम्बरमा नै ५ प्रतिशतको कीर्तिमानी उचाईमा उक्लिएको थियो । अमेरिकामा मुद्रास्फीति ४० वर्षयता कहिले नदेखिएको स्तरमा पुगेको छ । जापानलगायत अन्य कयौं देशमा पनि महँगी बढेको बढ्यै छ ।  बेलायतमा पनि महँगी बढेर करीब ३० वर्षयताकै उच्च विन्दुमा उक्लिएको छ । इन्धन, खाद्य वस्तु र घरको भाडालगायतको भाउ बढ्दा महँगी बढेको छ । डिसेम्बरमा बेलायतमा उपभोक्ता मूल्य सूचक (सीपीआई) मा आधारित मुद्रास्फीति ५ दशमलव ४ प्रतिशतमा पुगेको थियो । यो सन् १९९२ को मार्च यताकै उच्च हो । त्यति बेला बेलायतमा महँगी ७ दशमलव १ प्रतिशत थियो ।  घरजग्गा बजारको लागि समस्या दोब्बर हुन सक्ने चिन्ता विज्ञहरुले गरेका छन् । एनएपीबीका जोनाथन रोलान्देका अनुसार महँगीले घर जग्गा बजारलाई दोब्बर झट्का दिन सक्नेछ । अहिले विश्वभर खाद्यान्न र इन्धनको शुल्कमा भएको वृद्धिका कारण महँगी सन् १९९२ यताकै उचाईमा भएकोले पहिलो त मानिसहरुसँग खर्च गर्नका लागि खल्तीमा कम पैसा हुनेछ ।  ‘मूल्यमा तोकिएको सीमा हटाएपछि ऊर्जाको महसुल आगामी केही महीना थप ५० प्रतिशतले बढ्न सक्नेछ’, उनले भने । यस्तोमा नयाँ वित्तीय जिम्मेवारी पूरा गर्न सक्छु भनेर ढुक्क हुन नसक्दा पहिलो पटक घरजग्गा किन्न लागेका सम्भावित क्रेताहरुले पर्ख र हेरको नीति अपनाउने छन् । फलतः बजारमा घर क्रेताको अभाव हुने उनको भनाइ छ ।  महँगी बढ्दा सर्वसाधारणको जीवनयापन खर्च बढ्ने अनि यसले बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई) माथि फेब्रुअरीमा बस्ने नीतिगत बैठकमा ब्याजदर बढाउन दबाब बढ्नेछ । बीओईले डिसेम्बरमा पनि ब्याजदर बढाएको थियो । ब्याजदर बढ्यो भने नयाँ घर क्रेताको चिन्ता त बढ्ने नै छ, अहिले घरको मासिक किस्ता तिरीरहेका विद्यमान घरमालिकमाथि तिर्नु पर्ने ब्याजको आकार पनि बढ्नेछ ।  घर क्रेताका लागि दोस्रो झट्का चाँहि बीओईबाट आउन सक्ने रोलान्दे बताउँछन् । महँगी घटाउन बीओईसँग सीमित उपायहरु भएकोले उसले ब्याजदर बढाउने उपायमाथि भर गर्नु पर्नेछ । यसले गर्दा सर्वसाधारणको खल्तीमा पैसा झनै कम हुनेछ । उनीहरुले कम खर्च गरे भने मुद्रास्फीति पनि साम्य हुनेछ तर अहिले विलासी वस्तुको रुपमा हेरिने उपभोग्य वस्तु मात्रै नभएर दैनिक अत्यावश्यक उपभोग्य वस्तुको समेत भाउ बढेको छ । खानेकुरा कम खाने, पानी कम चलाउने, वत्ती पनि नबाली अँध्यारोमा बस्ने, चिसो हुँदा हिटर पनि नताप्ने ?  के गर्ने के नगर्ने ? सबै त अत्यावश्यक हुन् ।  ‘त्यसैले ब्याजदर बढेपनि मुद्रास्फीति वृद्धि नियन्त्रित नहुन सक्छ । यसले उल्टै ब्याजदर झनै बढाउन सक्छ कि ?’ रोलान्देले चिन्ता व्यक्त गरेका छन् ।  ब्याजदर बढेमा अहिले घरजग्गा किन्नका लागि लिएको कर्जा तिरिरहेका अनि कर्जा लिएर घरजग्गा किन्नेबारे सोचिरहेका करोडौं मानिसहरुका लागि समस्याकारी हुनेछ । त्यसैले आफूहरुले आगामी तीन महीना सचेत भएर बजारको अवस्था हेर्नुपर्ने उनले बताएका छन् । नेपालमा पनि महंगी धेरै बढीसकेको छ । यसको असर यहाँको घरजग्गा व्यवसायमा प्रत्यक्ष परिरहेको देख्न सकिन्छ । पछिल्लो ३/४ महीनादेखि घरजग्गा विक्री नहुँदा बैंक ऋणको ब्याज खप्टिदै गएको छ । यसले ऋण लिएर जग्गामा लगानी गरेका लगानीकर्तालाई अत्याएको छ । तर उनीहरुसँग पनि अहिले अरु विकल्प छैनन् । यस्तोमा केही व्यवसायीहरुको वित्तीय अवस्था खराब हुन सक्छ । (एजेन्सीको सहयोगमा)

सम्बन्धित सामग्री

सोमपाल र दीपेन्द्र पनि आउट, नेपाललाई आठौं झट्का

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ।

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल लयमा

नेपाल र क्यानडाबीच बिहीबार सुरु भएको पहिलो एक दिवसीय खेलमा नेपाललाई पहिलो झट्का लागेको छ।

नेपाललाई दोस्रो झट्का, कुशल आउट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ।...

दराजद्वारा ‘पे-डेको झट्का’ घोषणा

दराजले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै ‘पे–डेको झट्का’ योजना घोषणा गरेको छ।

युएईलाई आठौं झट्का

काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई आठौं झट्का लागेको छ। आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई आठौं झट्का लागेको छ। युएईका असवान्थ भलथापा १४ रन बनाउँदै आउट भएका छन्। उनको विकेट गुल्सन झाले लिएका हुन्। युएई ताजा अवस्थामा २२.२ […]

नेपाललाई तेस्रो झट्का

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाललाई तेस्रो झट्का लागेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ। नेपालका रोहित पौडेल ८ र आरिफ शेख २ रनमा क्रिजमा छन् […]

नामिबियालाई तेस्रो झट्का

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामिबियालाई तेस्रो झट्का लागेको छ। नामिबियाका लागि ब्याट्सम्यान माइकल भान लेन्गेन ३५ बलमा २२ रन जोड्दै आउट भएका हुन्। उनको विकेट नेपालका लागि दीपेन्द्रसिंह ऐरीले लिए। टस हारेर ब्याटिङ् गरिरहेको नामिबिया ताजा अवस्थामा २६.० ओभरमा १०३ रनमा खेलिरहेको छ।

स्मरणशक्ति बढाउन बिजुलीको झट्का

काठमाडौं । दिमाग तेज बनाउनका लागि बदाम ओखर खाने होइन बिजुलीको हल्का झट्का खाँदैछन् मानिसहरु, त्यो पनि घरमै । कोभिडका बेला चर्चित भएको फगिङको ट्रेण्डपछि अब घरमै दिमागको उत्तेजना बढाउने (at–home brain stimulation)  प्रविधिको क्रेज बढिरहेको छ । त्यस अन्तर्गत मानिसको टाउकोमा इलेक्ट्रोड लगाएर केही मिनेटका लागि विजुलीको झट्का दिइन्छ । अनौठो त के भने […]

लुम्बिनीमा एमालेलाई अर्को झट्का, भयो यस्तो निर्णण

नेकपा एमालेले एकपछि अर्को अवसरहरु गुमाइरहेको छ । केही दिनअघि मात्रै लुम्बिनी प्रदेशमा सरकार गुमाएकालेको एमालेलाई अझै झट्का पनि लागेको छ ।