तिंकरमा सशस्त्र प्रहरी बलले स्थापना गर्‍यो सीमा सुरक्षा पोस्ट

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बीओपी स्थापनाका लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति १३ भदौमा त्यसतर्फ पठाइएको थियो ।

सम्बन्धित सामग्री

सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र

सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतहरुसँग सुझाव लिन थालेको छ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा …

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

नेपाल र भारततर्फका सुरक्षा अधिकारीबीच बैठक सम्पन्न

मोरङ – मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराट चोकमा नेपाल र भारततर्फका सुरक्षा अधिकारीबीच बैठक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल एपिएफ तथा भारतको सीमा सुरक्षा बलका अधिकारीबीच सीमा सुरक्षा र अपराध नियन्त्रणलाई केन्द्रित गर्दै बैठक बसेको हो। बैठकमा सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल र भारत पश्चिमबंगाल सिलिगुडीस्थित एसएसबीका डिआइजी डिबी […]

सशस्त्रले खोज्यो भारतीय सीमा सुरक्षा बलबाट हराएको बन्दुक

सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनी र बिओपी गोलागंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मंगलबार भारतीय सशस्त्र सीमा सुरक्षा बलबाट हराएको म्यागजीन सहित एसएमजी र त्यसमा प्रयोग हुने गोली खोज्न सफल भएका छन्।...

सीमा सुरक्षा थप प्रभावकारी बनाउन नेपाल-भारतका सुरक्षा अधिकारी सहमत

काठमाडौँ । नेपाल-भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।  सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट […]

सीमा सुरक्षा थप प्रभावकारी बनाउन नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले बैठकको नेतृत्व गरेका थिए । बैठकमा सीमा सुरक्षाल

सीमासुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत

नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन्। सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल(एसएसबी)जनाएको छ ।  सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र...

सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बलको बिओपी

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। बिओपीको बुधवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका छन्।सशस्त्र प्रहरी बल, नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा रहेको बिओपीले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका जिम्मेवारी सम्हाल्ने बताइएको छ।उक्त बिओपी जिल्लाको सदरमुकामदेखि करिब ११४ किलोमिटरको दूरीमा नेपाल चीन सीमा नाकामा रहेको छ। उक्त बिओपीमा सशस्त्र प्

सशस्त्र प्रहरी बल नेपालको दुई बीओपी स्थापना

कैलाली । कैलालीमा आइतवार सशस्त्र प्रहरी बलअन्तर्गत दुईओटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बीओपी कालापातल र भजनी नगरपालिका–७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले बताएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईओटै नयाँ बीओपीको उद्घाटन संयुक्त रूपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताए । सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बीओपीको प्रमुख काम भएकाले व्यावसायिक ढंगले कार्यक्षेत्रमा खटिन निर्देशन दिए । भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बीओपीले पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो । १ सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बीओपी स्थापना भइसकेको र क्रमिक रूपले बीओपीको संख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ । रासस

सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा सशस्त्र डीएसपी लम्साल सर्वोत्कृष्ट

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि सञ्चालित सि.सं. २ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा फागुन २८ गते आयोजित एक समारोहकाबीच सो तालिमको समापन गर्नुभयो । अतिरिक्त महानिरीक्षक केसीले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्नुहुँदै सीमा सुरक्षालाई विशेष महत्व दिँदै आगामी दिनहरु यस किसिमको तालिमलाई अझ परिस्कृत ढंगले लैजाने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरान आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गर्नुका साथै आफुभन्दा पछिल्लो पिंढीलाई समेत सिकाउँदै पूर्ण व्यावसायीक तवरले निःस्वार्थ भएर जिम्मेवारीलाई निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुभयो । सो तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल सर्वप्रथम हुनुभएको छ । करीब ६ हप्ता अवधिको सो तालिममा १३ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल २७ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए।