कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ ।
यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।
काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले केही कडाइ गर्ने गरी वैशाख २९ गते राति १२ बजेसम्मका लागि उक्त आदेश थप गरिएको जानकारी दिए । यसअघिको आदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरीदबि...