काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा गृहमन्त्री लामिछानेले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आफूले गृहमन्त्रीका रुपमा यही विषयमा पहिलो निर्णय गर्ने पनि बताएका थिए। […]