काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधीनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी गर्नुभएकाे छ ।
आज बिहीवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै अध्यक्ष कट्टेलले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षाकाे बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताउनुभयो । नेपाली कांग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आज तपाईँ (प्रचण्ड) को पार्टी, सुरेशको पार्टी नेपाली जनक्रान्...