इन–ड्राइभर: अवैध पनि असुरक्षित पनि

राइड सेयरिङ एप ‘इन–ड्राइभर’माथि अनुसन्धान सुरु भएको छ । काठमाडौँ प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । अमेरिकन राइड सेयरिङ कम्पनी इन–ड्राइभरले नेपालमा अवैध रुपमा ब्यापारिक धन्दा चलाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गुनासो पुगेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।  नेपालमा विदेशी लगानी ल्याउँदा पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरेको, कम्पनी दर्तासमेत नरहेको र कार्यालय पनि नभएकाले इन–ड्राइभर अनुसन्धानमा तानिएको हो । ‘विदेशी लगानी भित्र्याउने प्रक्रिया सुरु गरेकै छैन’नेपालमा विदेशी लगानी भित्र्याउने आफ्नै प्रक्रिया छ । यसका लागि सुरुमा कम्पनी दर्ता हुनुपर्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएपछि विदेशी लगानी ल्याउने हो भने उद्योग विभागमा पुग्नुपर्छ । उद्योग विभागको ‘प्रत्यक्ष वैदेशिक लगानी व्यवस्थापन शाखा’मा कुन देशबाट कति लगानी भित्र्याउने र त्यसबाट कति अवधिभित्र कति जना नेपालीले रोजगारी पाउँछन् भन्ने विषय उल्लेख गर्नुपर्छ ।यो पनिः‘इन–ड्राइभर’माथि अनुसन्धान सुरु, ‘राइडर’ पनि समातिन सक्नेविभागबाट आवश्यक प्रक्रिया पूरा गरेपछि विदेशी लगानी स्वीकृतिका लागि लगानी बोर्डमा कम्पनीका तर्फबाट निवेदन दिनुपर्छ । लगानी बोर्डले त्यसको सम्भाव्य अध्ययन गरेर मात्रै विदेशी लगानी ल्याउन स्वीकृति दिन्छ ।तर, अमेरिकन राइड सेयरिङ कम्पनी इन–ड्राइभरले यी कुनैपनि काम सुरु गरेकै छैन । विदेशी लगानी ल्याउन लगानी बोर्डबाट स्वीकृति लिनुपर्छ । तर, इन–ड्राइभरले यसका लागि बोर्डमा कुनै निवेदन समेत दिएको छैन । लगानी बोर्डका प्रवक्ता अमृत लम्सालका अनुसार इन–ड्राइभरको नाममा विदेशी लगानी ल्याउन बोर्डमा कुनै माग नै भएको छैन ।यसअघिःखुलेयाम अवैध धन्दा चलाउँदै ‘इन–ड्राइभर’, जोखिममा यात्रुउता राष्ट्र बैंक पनि यसबारे अनविज्ञ छ । प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रक्रियागत ढंगले नआएको हुनाले इन–ड्राइभरका सम्बन्धमा राष्ट्र बैंक जानकार हुने कुरा पनि भएन ।अर्कोतर्फ, उसले शून्य कमिशन लिन्छ । राइडरहरुले जति कमाएपनि कमिशन तिर्नुपर्दैन । कमिशन नै नलिएकाले उसले पैसा नलैजाने भएकाले राष्ट्र बैंकको स्वीकृति पनि उसलाई अहिले चाहिएको छैन । कार्यालय नै नहुँदा ‘सुरक्षामा चूनौति’ इन–ड्राइभर अहिले एपका भरमा चलेको छ । यसको नेपालमा कहीँकतै कार्यालय छैन । कार्यालय समेत नहुँदा यसले सुरक्षामा चूनौति थपेको छ । एक हिसाबले भन्ने हो भने नेपालको सुरक्षा प्रणालीलाई चूनौति नै दिएको छ ।यो पनिःइन–ड्राइभरको अवैध धन्दाबारे प्रशासनमा गुनासो, सीडीओ कार्यालयले प्रहरीलाई लेख्यो पत्रचालक र यात्रुको बीमा पनि हुने कुरा भएन । कथमकदाचित दुर्घटना भइहाल्यो भने प्रयोगकर्ताले को विरुद्द उजुरी दिने ? यसको ज्वलन्त उदाहरण मेनुका गुरुङ हुन् ।जेठ २६ गते बिहीबार दिउँसो इन–ड्राइभरमार्फत मेनुका गुरुङलाई लिएर हुईकिएको मोटरसाइकल जडिबुटीमा ट्याक्सीमा ठोक्कियो । ट्याक्सीको बम्पर उक्कियो । यात्रु मेनुकाको खुट्टामा गम्भीर चोट लाग्यो ।तर, ‘ट्याक्सीमा कति क्षति भएको रहेछ हेर्छु’ भनेर यसो कोल्टे लागेका चालक दुर्घटनामा परेकी यात्रुलाई त्यहीँ छोडेर मोटरसाइकल लिएर टाप कसे ।इन–ड्राइभर नेपालका कुनैपनि आधिकारिक निकायमा दर्ता नभएको कारण मेनुका गुरुङले यो घटनाबारे कतै उजुरी गर्न पाइनन् । न क्षतिपुर्ति नै पाईन्, न उपचार नै पाईन् । अन्त्यमा उनले बाध्य भएर इन–ड्राइभर प्रयोग नगर्न अनुरोध गर्दै फेसबुकमा स्टाटस लेखिन् ।यो घटनाले पनि नेपालमा इन–ड्राइभर एप असुरक्षित रहेको देखाउँछ ।यो पनिःइन–ड्राइभरः चोरी र अपहरणपछि नाइजेरियामा प्रतिबन्ध, मेक्सिकोमा राइडरलाई नै जरिवाना

सम्बन्धित सामग्री

५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

असुरक्षित यौन सम्बन्धका कारण यौनांगमा संक्रमण हुने जोखिम बढी हुन्छ । एकभन्दा बढीसँग यौन सम्पर्क राख्ने, कण्डमको प्रयोग नगरी यौन सम्बन्ध राख्ने गर्दा एचआईभी, हर्पिज, क्लेमाइडिया, भिरिंगी, एचपीभी जस्ता यौनरोगको संक्रमण हुनसक्छ । हिजोआज युवावस्थामा असुरक्षित यौन सम्पर्कका कारण यौन रोगबाट पीडित भएर अस्पताल धाउने धेरै भेटिन्छन् । त्यसैले असुरक्षित यौन सम्पर्क भएको अवस्थामा यी […]

बढ्दै असुरक्षित गर्भपतनको जोखिम

पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको […]

नेपालमा ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित

२९ मंसिर, चितवन । पछिल्लो समय असुरक्षित गर्भपतन चुनौती बन्दै गएको पाइएको छ । देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक […]

दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढ्दो

नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षित रूपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मधेश प्रदेशमा गर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढेको छ...

जीतपुर सिमराका नगरप्रमुख भन्छन्, म असुरक्षित छु

सिमरा : बाराको जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले आफू वडाध्यक्षबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरेका छन्।वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ताले पटकपटक दलबलसहित आएर नगरपालिकामा तालाबन्दी गरेको भन्दै सुरक्षाको प्रत्यभूति दिलाउन माग गरेका हुन्।गुप्ताले नगरपालिकामा आएर अराजकता प्रर्दशन गरेको भन्दै उनले सुरक्षा निकायले समेत आफूलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए।  उनले भने, ‘म असुरक्षित छु। पालिका असुरक्षित छ। पालिकामा बसेर काम गर्ने वातावरण छैन’, उन

असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु

ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।  स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी भएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए।  शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उनले बताए। सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।

अझै रोकिएन अछाममा असुरक्षित गर्भपतन

ग्रामिक क्षेत्रका महिलालाई सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा र सेवा प्रदायक सस्थासँगको सहज पहुँच नहुनुले पनि असुरक्षित रुपमा गर्भपतन कार्य बढिरहेको छ।

कर्णालीको असुरक्षित यात्रा

मापसे गरी गाडी चलाउँदै अधिकांश चालकजुम्ला-कर्णाली राजमार्गको यात्रा असुरक्षित बन्दै गएको छ । एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप, सडक अतिक्रमण र चालकहरूको लापरबाहिले कर्णाली राजमार्गको यात्रा असुरक्षित बन्दै गएको हो । साँघुरो सडक त्यसैमाथि मनपरी रूपमा सडकमै राखिएका ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीले राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।तर, पछिल्लो समय कर्णाली […]