महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित हुने भएको छ । मंसिर ४ गते सम्पन्न आम चुनावको समानुपातिकतर्फको जारी मतपरिणाम हेर्दा लोसपाले थ्रेसहोल्ड (तीन प्रतिशत मत) कटाउन नसक्ने देखिएको छ । राष्ट्रिय पार्टी हुनका लागि सम्पूर्ण सदर मतको तीन प्रतिशत मत ल्याउनुको साथै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तिमा एक जना निर्वाचित भएको हुनुपर्छ ।लोसपाबाट प्रतिनिधिसभामा चार जनाले जिते पनि कुल सदर मतमा तीन प्रतिशत कटाउन नसक्ने देखिएको हो । समानुपातिकमा लोसपाले य