२०५९ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रतिनिधि सभा भङ्ग भएसँगै राष्ट्रिय सभा पनि राजनीतिक कोपभाजनमा पर्यो । स्थायी सदन राष्ट्रिय सभाको पनि बैठक बस्न सकेन । जनआन्दोलनका बलमा २०६३ वैशाख ११ मा प्रतिनिधि सभा पुनर्स्थापित भए पनि राष्ट्रिय सभालाई महत्व दिइएन । दुई सदनात्मक व्यवस्था नेपालको संसदीय अभ्यासमा पुरानै रहे पनि २०७२ […]