राष्ट्रिय पुस्तकालय भवन पुनर्निर्माण प्राथमिकतामा पर्न सकेन, राष्ट्रपतिलाई ज्ञापनपत्र

काठमाण्डाै – भूकम्पका कारण क्षति पुगेको राष्ट्रिय पुस्तकालय भवन अहिलेसम्म पुनर्निर्माणको प्राथमिकतामा पर्न सकेको छैन । वि.स. २०७२ सालको भूकम्पले हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि पुस्तक, ग्रन्थ तथा दस्तावेजहरू नासिन थालेका छन् । राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । अभियन्तासँगको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुस्तकालय र पुरानो बसपार्कमा निर्माणाधीन भवनको बारेमा विस्तृत जानकारी समेत लिनुभएको छ ...

सम्बन्धित सामग्री

राष्ट्रिय पुस्तकालय बसपार्कमा सार्न माग

भुइँचालोपछि पुस्तकालय भवन पुनर्निर्माण हुन नसकेका बेला अभियन्ताहरूले बसपार्कमा निर्माणाधीन टावरको निर्माण कार्य रोकेर त्यसको सट्टा पुस्तकालय सार्न मंगलबार राष्ट्रपति भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।