धर्म संस्कृतिमा अन्तर्निहित अन्धविश्वास र परम्परा हिजोको महिला दासताको कारण थियो । आज धार्मिक संस्कृतिमा नङ-मासु जसरी सहवरण गरिरहेको भूमण्डलीकरण महिला मुक्तिको सबैभन्दा ठूलो बाधक बनेको छ ।हिजो सत्ता संरचनाले उपेक्षा गरेर दोस्रो दर्जाको मानिसमा सीमित पार्दा अशिक्षा र चेतनाको भासमा जकडिएका महिलालाई परम्परागत दासतामा अल्झाउन धर्म र धर्मको आडमा निर्मित...