लोप हुने अवस्थामा नौ ढुंगेधारा खोज्‍ने परम्परा

१५ भदौ, भक्तपुर ।  गुपु हिटी सिकेगु अर्थात नौ ढुंगेधाराको खोजी गर्न जाने परम्परा लोप हुने अवस्थामा पुगेको छ । भक्तपुरमा जनैपूर्णिमाको राति वा गाइजात्रा अर्थात सापारुको दिन गरिने यो परम्परा आजभोलि हराउँदै गएको हो । लोप हुने अवस्थामा पुगेको उक्त परम्परालाई निरन्तरता दिन भक्तपुरको निओ फियुजन बाजा समूहले बिहीबार विहानै गुपु हिति सिकेगु कार्यक्रमको […]

सम्बन्धित सामग्री

थारु समुदायको मेडरी नाच लोप हुने अवस्थामा

नवलपरासी : थारु समुदायको पौराणिक महत्त्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नो कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको स्थानीय  दुलामणि गुरौले बताए। ‘मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ। महाभारतको लडाइँमा पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ’

परम्परागत आरन व्यवसाय लोप हुने अवस्थामा

काठमाडौँ,१४ फागुन । म्याग्दीका ग्रामीण भेगमा परम्परागतरूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन पेसा छोड्दै जान थालेपछि विस्तारै यो पेसा लोप हुने अवस्थामा पुगेको हो । बजारमा आधुनिक प्रविधिको प्रयोग गरी खुलेका कृषि […]

पुरुष मात्र सहभागी हुने ढाल तरवार नाच लोप हुने अवस्थामा

हुम्ला – पुरुष मात्र सहभागी हुने ढाल तरवार नाच लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। पहिले–पहिले शुुभ कार्य र चाडपर्वमा सधैँ नाचिने उक्त नाच अहिले नाच्नै छाडिन थालेपछि विशेष गरी बूढापाकामा यो चिन्ताको विषय भएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे गाउँका स्थानीय बमबहादुुर भण्डारी पछिल्लो समय ढाल तरवार नाच […]

फेरियो लोप हुने अवस्थामा पुग्न थालेको कोदोको परिचय

पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको …

कर्णालीका ५ भाषा लोप हुने अवस्थामा

सुर्खेत : कर्णालीमा बोलिने कतिपय भाषा लोप हुने अवस्थामा पुगेको भाषा आयोगले बताएको छ। प्रदेशका ५ वटा भाषा लोपोन्मुख अवस्थामा रहेको भन्दै संरक्षणमा जोड दिइएको छ। यहाँ कुसुण्डा, राउटे‚ खाम्ची, बोटे, राजी, काइके र छन्त्याल भाषा पनि लोप हुने अवस्थामा रहेको भाषा आयोगले जनाएको छ। सुर्खेतमा आयोजित प्रादेशिक भाषा गोष्ठीमा कर्णालीका धेरै भाषा संकटमा रहेको बताइएको हो। भाषाविज्ञ समूहका संयोजक प्रा.डा. जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गर्दै कर्णालीमा बोलिँदै आएका केही भाषा लोप हुने

दुर्लभ पक्षी चिरकालिज लोप हुने अवस्थामा

दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैधरूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको हो ।बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो । चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाक

तराईमा जोगिरा गीत लोप हुने अवस्थामा

सर्लाही : वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराई मधेशमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ। होली आउनुभन्दा एक हप्ताअघिबाट भित्री मधेशका गाउँबस्तीमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा बूढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन्।होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) ले ढोलक, मृदङ्ग, झ्याली, हारमोनियम प्रयोग गरी जोगिरा गीत गाउने प्रचलन छ। जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत हिजोआज

लोप हुने अवस्थामा मिथिलाञ्चलको लोकनाच

जनकपुरधाम : मिथिलाञ्चलसहित तराई/मधेसको लोकगाथा बोकेको नाच लोप हुने अवस्थामा पुगेको छ। लोकनाचहरू लोप हुन थालेपछि त्यससँग सम्बद्ध कलाकारहरु पलायन हुन थालेका छन्।सातौं र आठौं शताब्दीदेखि प्रचलनमा आएको मिथिला क्षेत्रका प्राचीन लोकनाच अल्लाह रुदल, राजा सलहेस, शितवसन्त, रुनान्झुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनको सुन्दर फूल, गुगलीघाट, सांमाचकेवा, कमला मैयाजस्ता लोप हुन लागेको हो। त्यसैगरी, जयविषहरा, दुलहा दयालसिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, मह

मकवानपुरको चिनारी परम्परागत ठेकी लोप हुने अवस्थामा

मकवानपुर । मकवानपुरको चिनारीको रुपमा रहेको काठको ठेकी यतिबेला लोप हुने अवस्थामा पुगेको छ । ग्रामीण क्षेत्रका पशुपालन किसानले दूध जमाउने, दही मथ्ने (मही बनाउने) प्रयोग गर्ने गरेका परम्परागत ठेकी अहिले लोप हुने अवस्थामा पुगेको हो ।पछिल्लो समय काठको ठेकी प्रयोग र संरक्षण नहुँदा काठको ठेकी लोप हुँदै गएको छ । समय परिवर्तसंगै यन्त्र र उपकरणको प्रयोग बढ्दै जाँदा मकवानपुरको चिनारी काठको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको छ ।परम्परागत काठको ठेकीलाई धातुको प्रयोग गरी बनाइएका आधुनिक सामग्री तथा यन्त्र