तीन वर्षअघिको विनाशकारी भूकम्पपछिको विपद्मा प्रगाढ पारिवारीक र दरिलो सामाजिक एकताको महत्व बुझेका सिन्धुपाल्चोकका पीडित त्यसलाई जीवन्त राख्दै एकीकृत बस्ती विकासमा आकर्षित भएका छन्।
भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा निर्माण गरिएको एकीकृत नमुना बस्ती अलपत्र परेको छ । १ करोड १ लाख ४४ हजार बजेटमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्ती अलपत्र परेको हो । २०७२ सालको भूकम्पबाट पीडित लाभग्राहीको एकै ठाउँमा आवास निर्माण गर्दै एकीकृत बस्ती विस्तार गर्ने योजना सम्पन्न नहुँदै बस्ती अलपत्र परेको हो । राष्ट्रिय […]
मोरङ – तराई क्षेत्रमा बसोवास गर्दै आएका विपन्न समुदाय ऋषिदेवका लागि विराटनगरमा महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु भएको छ। नेपाली कांग्रेस प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा महानगरपालिका, सहारा नेपाल, जीवन विकास समाज र ह्याविट्याट फर नेपालसहितको साझेदारीमा महानगर आवास योजनाअनुरूप काम सुरु भएको हो। बुधबार एक कार्यक्रमका अवसरमा प्रमुख […]
७ साउन, चितवन । चितवनको माडीमा बागमती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर बनाएर बिहीबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री […]
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरेको छ ।एनआरएनएले धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरेको नमुना बस्ती बिहीबार गाउँपालिकालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सांसद हरिराज अधिकारीको उपस्थितिमा संघका अध्यक्ष कुमार पन्तले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतिकात्मक साँचो हस्तान्तरण गरे ।भूकम्प प्रभावित […]
गोरखा - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
सङ्घका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतीकात्मक साँचो हस्तान्तरण गर्नुभएको हो । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यतिनै सङ्ख्यामा घर बनाइएको छ ।
गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । घर निर्माणको २०७३ साल क...
घोराही उपमहानगरपालिकामा एकीकृत नमुना बस्ती निर्माण थालिएको छ । घोराही उपमहानगरपालिका– १८ रझेनामा रहेको नौलो टोल विकास संस्थामा एकीकृत नमुना बस्ती निर्माण गर्न लागिएको हो ।