काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमालेको पक्षमा जनमत आउने वातावरण बनाउन निर्देशन दिएका छन्। शुक्रबार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन्।