नेप्सेमा सूचीकृत कम्पनीलाई चार समूहमा वर्गीकरण, कुन कम्पनी कुन वर्गमा परे ? (तालिकासहित)

काठमाण्डाै – नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूले पेस गरेको विवरणका आधारमा कम्पनीहरूलाई चार वटा वर्गमा विभाजित गरिएको छ । ए, बी, जी र जेड गरी चार वटा समूहमा कम्पनीहरूको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ ।  नेप्सेमा सूचीकृत कम्पनीहरूले गएको माघ ८ गतेदेखि फागुन २३ गतेसम्म दिएको विवरणअनुसार वर्गीकरण गरिएको र वर्गीकरणमा चित्त नबुझेमा ३५ दिनभित्र कारणसहित आवेदन दिन नेप्सेले आग्रह गरेको छ । 'ए' समूहमा समूहमा २५ वटा वाणिज्य बैंक, चार...

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत, मंगलबारदेखि कारोबार हुने

५ चैत, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको […]

कति मूल्यमा भयो हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार ?

काठमाडौं । सोमवार स्पेशल प्रि ओपन सेसनमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर पुस २२ गते आइतवार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्कासन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।  पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो । सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको सिम्बोल एचआरएल छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ३४० दशमलव १० पुगेको छ ।

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21

नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यू

नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यू

घरजग्गासहित ठूला कम्पनीलाई शेयर बजारमा समावेश गरिन्छ : बोर्ड अध्यक्ष हमाल

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धेरै नाफा कमाउने रियल स्टेट अर्थात् घरजग्गा व्यवसायमा संलग्न कम्पनीहरूलाई शेयर बजारमा समावेश गराइने बताउनुभएको छ । काठमाण्डौमा आज साेमवार भएको पत्रकार सम्मेलनमा उहाँले घरजग्गा कम्पनीहरूलाई बुक विल्डिङबाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताउनुभयो । अध्यक्ष हमालले घरजग्गा कारोबार गर्ने कम्पनीहरू नेप्सेमा आए बोर्डले सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालमा सरकारलाई राजस्व तिर्ने १२ सयभन्दा धेरै कम्पनी नै नेप्सेमा सूचीकृत नभएकाले त्यस्ता कम्पन...

हलचल मच्चिएको शेयर बजारमा ४७ अर्ब नाफा

काठमाडौं, नेस। नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखियुक्तको सूचीमा राखेपछि यस साता शेयर बजारमा हलचल भएको छ । साताको शुरूका दिनमा बढे पनि सूची प्रकाशितपछि घटेको थियो । यद्यपि, यस साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक समग्रमा २३ दशमलव ६५ अंकले बढेर २९६८ दशमलव ४३ बिन्दुमा पुगेको छ । यस साता नेप्सेमा सूचीकृत कम्पनीको […]

आइतबारदेखिको सेयर कारोबारमा १६ वटा परिसूचक गणना

आइतबारदेखिको कारोबारमा १६ वटा परिसूचक गणना हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि लागू हुनेगरी केही सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहको व्यवस्था गर्नुका साथै सोहीअनुरूप परिसूचक गणना थालेको हो । हाल नेप्सेमा सूचीकृत २१८ कम्पनीलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक कायम गरिँदै...

नेप्सेमा सूचीकृत समूहको हेरफेर, कुन कम्पनी कुन समूहमा पर्‍यो ?

नेपाल स्टक एक्सचेन्जले  केही समूह हेरफेर गरेको छ । नेप्सेले सूचीकृत समूहहरूको हेरफेर तथा समूह विभाजन गरेको हो । लगानी समूह थपिएको छ । यसमा ४ वटा कम्पनी परेका छन् । अन्य समुहमा रहेको ४ वटा कम्पनीलाई लगानी समूहमा राखिएको हो । लगानी समूहमा नागरिक लगानी कोष, एचआइडीसीएल, निफ्रा, एनआरएन परेका छन् । यस्तै यसअ...

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल दुई सय ६ कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरूले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।