जीवन विकास लुघवित्तको ७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

१७ असार, काठमाडौं । जीवन विकास लघुवित्तले लगानीकर्तालाई दिएको ७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अब आफ्नो खातामा आएपछि सेयर लगानीकर्ताले बिक्री गर्न सक्ने छन् । कम्पनीको ४२ लाख ५८ हजार ८०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको वार्षिक साधारणसभाबाट स्वीकृत भएसँगै बोनस सेयर सूचीकृत भएको हो ।

सम्बन्धित सामग्री

एचडीएलले घोषणा गर्यो ७० प्रतिशत लाभांश

हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल)ले आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने भएको हो ।आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल घोषणा गरेपनि गत वर्षको तुलनामा कम्पनीको लाभांश वितरण घटेको छ । गत आर्थिक वर्ष कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी सतप्रतिशत लाभांश वितरण गरेको थियो ।चालू आर्थिक वर्षमा भने गत वर्षको तुलनामा ३० प्रति

जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १० चैत । जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा गर्न शनिबार चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्दैछ । गत आर्थिक वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसको साधारण सभा चैत […]

होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने

होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।चीनको व्यापारिक समूह होङ्सीको लगानीमा स्थापना भएको सिमेन्ट उद्योग हो । यस्तै, होङ्सी सिमेन्टको समेत लगानी रहेको छ । होङ्सी शिवमको ३० प्रतिशत र होङ्सी समूह अन्तर्गतको हङकङ रेडलाइनको ७० प्रतिशत लगानी छ ।यस्तै, होङ्सी शिवम्मा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ । कम्पनीकाअनुसार होङ्सीको १२

जीवन विकास लघुवित्तका लगानीकर्ता मालामाल, लाभांश कति ?

काठमाडौं, ८ फागुन । जीवन विकास लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन […]

नेप्सेमा २ फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन

आज पुस २२ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा फाईनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।   साधारणसभा प्रयोजनको लागि आज पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य समायोजन भएको हो ।  पुस २१ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता ४५४.४५ रुपैयाँ कायम भएको छ  । समायोजन अघि कम्पनीको शेयर मूल्य ४९९.९० रहेको थियो  ।श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता ४४१.९७ रुपैयाँ कायम भएको छ  । समायोजन अघि कम्पनीको शेयर मूल्य ४७६ रहेको थियो  ।गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले २०७७/०७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्तापुंजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ७।७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।३० प्रतिशत नगद लाभांश रहेको छ। फाइनान्सले हाल कायम चुक्तापुंजीको ७।७० प्रतिशतले हुन आउने ६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३।३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छहो। साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।

यी २ फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस २१ गते बुधबार २ वटा फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अनतिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस २१ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले २०७७/०७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्तापुंजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ७।७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।३० प्रतिशत नगद लाभांश रहेको छ। फाइनान्सले हाल कायम चुक्तापुंजीको ७।७० प्रतिशतले हुन आउने ६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३।३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छहो। साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।

नेपाल लाइफ ७० प्रतिशत लाभांश दिने

१४ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४२ बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।