भारतमा निपाह भाइरसका बिरामी देखिन थालेपछि नेपालको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजग रहन आग्रह गरेको छ । एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण भरतमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । रोग नियन्त्रण महाशाखाले रोगको यकिन निदान नहुँदै वा तीव्र भाइरस सङ्क्रमणको अवस्था बिग्रँदै गएका र मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी न्यूनीकरण गर्न र तत्काल रिपोर्टिङ गर्न देशभरका अ