सुनसरीबाट प्रहरीले साउनदेखि यता ठुलो संख्यामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेकालाई पक्राउ गर्न सुनसरी प्रहरीले ‘विशेष अभियान’ सञ्चालन गरेको छ । पछिल्लो ४० दिनमा ३ सय ८७ जना फरारलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) संजय सिंह थापाले रातोपाटीलाई बताए । ‘साउन र भदौको पहिलो सातासम्ममा ३ सय ८७ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएका छौं’ एसपी थापा भन्छन्–‘अदालतको आदेश लिएर कैद तोकिएकालाई कारागार पठाएका