दाङ : तुलसीपुर उपमहानगरपालिका १७ मा मंगलबार बिहान ७ बजेदेखि मतदान जारी रहेको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म १३ प्रतिशत अर्थात् ८०९ जनाले मतदान गरेका छन्। नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि वैशाख ३० गते हुने निर्वाचन ३ जेठ गतेका लागि सारिएको थियो। वडामा दुई ठाउँमा मतदान हुँदैछ।जसमध्ये मतदान केन्द्र जनकल्याण मावि दुधरास र दिपेन्द्र मावि मानपुरमा तोकिएको छ। दुधरासमा २ हजार ७३४ र मानपुरमा ३ हजार ३८३ मतदाता संख्या रहेको छ। वडाध्यक्ष प