मनमोहक पञ्‍चकुण्ड ताल

पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ स्थित चार हजार १९० मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो। गाउँपालिकाले उक्त पञ्चकुण्ड धामसहित मौरिस हर्गोज पद मार्ग तथा उत्तरी हिमालको आधार शिविरको पर्यटन प्रवर्धनको कार्यव्रmमसमेत आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो।

सम्बन्धित सामग्री

पर्यटकलाई लोभ्याउँदै जखेरा ताल

दाङ – दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित भएको छ। तालको मनमोहक दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। चुरे पहाडको फेदमा रहेको पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ््गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उत्तरतर्फ चुरे पहाड र सो पहाडकोबीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले सबैलाई […]

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

ढोरपाटन, २२ पुस । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन् । दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा […]

मनमोहक ‘च्छो रोल्पा’

दोलखा जिल्लास्थित ‘च्छो रोल्पा ताल’ विदेशी तथा स्वदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । हिमाली क्षेत्र भएकाले यहाँ ट्रेकिङ गर्नुको मज्जा बेग्लै छ । गौरीशंकरसहितका मनमोहक हिमशृंखला, विभिन्न हिमाली वन्यजन्तु, चरा तथा...

म्याग्दीको मनमोहक बराहताल ओझेलमा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराहताल ओझेलमा परेको छ । समद्री सतहबाट करिब चार हाजर चार सय मिटर उचाइमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहे पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो ।दिउँद र वर्षायाम सधँै सदावहार पानी नसुक्ने ताल अत्यन्तै आकर्षक रहेको छ । निलो रङमा  सुन्दर, शान्त र मनोरम देखिने यस तालको दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । गुर्जादेखि चुरेन र पुथा हिमालको आधार शिविर जाने पदमार

तस्वीर : बागलुङको मुठाचौरमा रहेको मनमोहक बराह ताल

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको उक्त तालको संरक्षण र प्रवर्द्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ । तस्वीर : रासस

मनमोहक बराह ताल

गलकोट, २ फागुन: बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । ताल समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । तालको संरक्षण र प्रर्बद्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ ।-तस्वीर : खेमराज गौतम, रासस

तस्वीर : डोल्पामा रहेको मनमोहक फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्वीर : रासस

तस्वीरमा हेर्नुस्ः मनमोहक फोक्सुण्डो र ताक्सी लेकहरु

मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ ।   त्यस्तै, यो चीनको सिमानासँग जोडिएको

तस्वीर : मनमोहक फोक्सुण्डो ताल

मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । समुद्री सतहबाट ३ हजार ६६० मिटर उचाइमा रहेको यो तालको गहिराई ६५० मिटर रहेको छ । तालमा कुनै पनि जीव जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो । फोक्सुन्डो तालनजिकै रिग्मो गाउँ रहेको छ, जहाँ पर्यटकका लागि बास बस्ने होटलहरु छन्  । डोल्पा जिल्लाको सुन्दरताले जति ख्याति पाएको छ, त्योबमोजिम पर्यटक तान्न नसकेको स्थानीय  बासिनदा बताउँछन् । तस्वीर :  रासस

नेपालको सबैभन्दा ठूलो र गहिरो ताल फोक्सुण्डो

मौसम खुलेसँगै मनमोहक देखिएको डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो र ठूलो यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित हिमाली सफापानीको ताल हो । नेपालको सबैभन्दा ठूलो ताल समेत रहेको फोक्सुण्डो समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ । यस तालको लम्वाइ ४.८ …