म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराहताल ओझेलमा परेको छ । समद्री सतहबाट करिब चार हाजर चार सय मिटर उचाइमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहे पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो ।दिउँद र वर्षायाम सधँै सदावहार पानी नसुक्ने ताल अत्यन्तै आकर्षक रहेको छ । निलो रङमा सुन्दर, शान्त र मनोरम देखिने यस तालको दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । गुर्जादेखि चुरेन र पुथा हिमालको आधार शिविर जाने पदमार