न्युजील्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी२० मा चार रनको विजय हासिल गरेको छ ।
बिहीवार डुनेडिनमा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको न्युजील्यान्डले सात विकेटको क्षतिमा २१९ रन बनायो । मार्टिन गुप्तिलले ५० बलमा ९७ रन बनाए भने कप्तान केन विलियमसनले ५३ र जेम्स नीशमले ४५ रन बनाए ।
जवाफमा अस्ट्रेलियाले पूरै ओभर खेले पनि आठ विकेटको क्षतिमा २१५ रन मात्र बनाउन सक्यो । ११३ रन बनाउँदा ६ विकेट गुमाएर लगभग आशा त्यागिसकेको अस्ट्रेलियालाई मार्कस स्टोइनिसले ३७ बलमा ७८ रन बनाएर उद्धार गर्ने कोशिश गरेका थिए । तर उनला...