दोस्रो टी२० मा पनि वेस्ट इन्डिजले हरायो अस्ट्रेलियालाई

वेस्ट इन्डिजको भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टी२० मा पनि पराजय बेहोरेको छ ।  नेपाली समयअनुसार आइतवार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिज ५६ रनले विजयी भएको हो ।  टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १९६ रन बनाएको थियो । शिमरोन हेटम्यरले ३६ बलमा ६१ रनको विस्फोटक ब्याटिङ गरेका थिए । ड्वेन ब्राभोले ४७ रन बनाए । जवाफमा अस्ट्रेलियाले पूरा २० ओभर खेल्न सकेन र १४० रनमा अलआउट भयो । मिचेल मार्शको ५४ रनको योगदान बाहेक अन्य ब्याट्स्म्यान खासै चलेनन् । खातै नखोली म्याथ्यु वेड आउट भएपछि कुनै पनि...

सम्बन्धित सामग्री

नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ : सिआइबी

काठमाडौं । हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीसँग कुराकानी नै नगरी समाचार लेखेकोमा ती सञ्चारमाध्यमको कामप्रति ध्यानाकर्षण भएको उल्लेख छ । सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन […] The post नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ : सिआइबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यसकारण टी२० विश्वकप ट्रफी बाँड्न बाध्य हुन सक्छन् पाकिस्तान र इङ्ग्ल्यान्ड

आइसीसी पुरुष टी२० विश्वकप फाइलन आइतवारको लागि तय भएको छ। फाइनलमा पाकिस्तान र इङ्ग्ल्यान्ड भिड्दैछन्। तर, फाइनल खेल हुन लागेको मेलबर्नको आइतवारको मौसम पूर्वानुमान भने राम्रो छैन। मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएसँगै इङ्ग्ल्यान्ड र पाकिस्तानबिचको फाइनल खेल ‘वास आउट’ हुने खतरा बढेको छ। यदि सो खेल ‘वास आउट’ भएमा…

नेत्रहीन टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

९ कात्तिक, काठमाडौं । आगामी डिसेम्बर ४ देखि १७ सम्म भारतमा संचालन हुने तेस्रो  टी२० विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल नेत्रहीन क्रिकेट संघले खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । कात्तिक २ र ३ गते काठमाडौँमा संचालित छनोट प्रतियोगिताबाट बरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला […]

पाकिस्तान बन्यो २००औं टी२० अन्तर्राष्ट्रिय म्याच खेल्ने पहिलो टिम

१० असोज, काठमाडौँ । पाकिस्तान टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० औं खेल खेल्ने विश्वकै पहिलो टिम बनेको छ । आइतबार राति कराचीस्थित नेशनल स्टेडियममा इंग्ल्याण्डविरुद्ध खेल्दै पाकिस्तानले २०० खेलको कोसेढुंगा पूरा गरेको हो । संयोगवस पाकिस्तानको पहिलो खेल पनि इंग्ल्याण्ड विरुद्ध नै थियो । पाकिस्तानले सन् २००६ मा इन्जमान उल हकको कप्तानीमा इंग्लयाण्डविरुद्ध ब्रिस्टोलमा खेलेको थियो […]

नेपाल टी२० लिगलाई आईसीसीको मान्यता

विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको 'नेपालटी२०' लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले एक विज्ञप्ति जारी गर्दै नेपालटी२० देशकै पहिलो र एक्लो आधिकारिक टी२० क्रिकेट लिएको जानकारी दिएका हुन् ।विज्ञप्तिमा सो प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ । 'नेपालटी२०' लाई क्यानले आफ्नो स्वप्न परियोजनाको संज्ञा दिएको छ ।

टी२० विश्वकप जितेपछि जुत्तामा बीयर राखेर पिए अस्ट्रेलियाका खेलाडीले (भिडियो)

अस्ट्रेलियाले टी२० विश्वकप २०२१ जितेको छ ।  एकदिवसीय विश्वकप पाँचपटक जितेको अस्ट्रेलियाले पहिलोपटक टी२० विश्वकप उपाधि हात पारेको हो ।  आइतवार दुबईमा खेलिएको फाइनलमा अस्ट्रेलियाले न्युजील्यान्डलाई आठ विकेटले पराजित गरेको थियो ।  जीतपछि अस्ट्रेलियाका खेलाडी म्याथ्यु वेड र मार्कस स्टोइनिसले जुत्तामा बीयर हालेर पिएको भिडियो भाइरल भएको छ ।  जुत्तामा रक्सी हालेर पिउने कामलाई सौभाग्य ल्याउने वा खुशियाली मनाउने संकेत मानिन्छ । अस्ट्रेलियामा यो लोकप्रिय छ । त्यसलाई शूई भनिन्छ ।    How&#...

भारतमा नभई यूएईमा हुने भयो टी२० विश्वकप

यस वर्ष हुने टी२० क्रिकेट विश्वकप यूएईमा आयोजना गरिने भएको छ ।  भारतको क्रिकेट बोर्ड बीसीसीआईले सोमवार यसको घोषणा गरेको छ ।  बोर्ड सचिव जय शाहले बताए, ‘हामीले सबै पक्षमा विचार गरेर विश्वकप भारतबाट यूएई सार्ने निर्णय लिएका छौं । आईसीसीलाई आजै यस विषयमा सूचना दिइनेछ ।’ विश्वकपका बारेमा फैसला लिने अन्तिम दिन सोमवार नै थियो ।  विश्वकपका म्याचहरूको मिति आईसीसीले निश्चित गर्छ । अक्टोबरको अन्तिमतिर टी२० विश्वकप शुरू गरिने सम्भावना छ ।  आईपीएल–२०२१ मा कोरोना महामारीका...

न्युजील्यान्डविरुद्धको चौथो टी२० मा अस्ट्रेलिया विजयी

न्युजील्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शुक्रवार सम्पन्न चौथो टी२० मा ५० रनको विजय हासिल गरेको छ । टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो । जवाफमा न्युजील्यान्ड १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो ।  अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ७९ रन बनाए । अन्य ब्याट्स्म्यानको खासै योगदान रहेन ।   न्युजील्यान्डका बलर इश सोधीले तीन, ट्रेन्ट बोल्टले दुई र मिचेल स्यान्टनरले एक विकेट लिए ।   न्युजील्यान्डको ब्याटिङ निकै कमजोर रह्यो । टप र मिडल अर्ड...

अस्ट्रेलियाविरुद्ध दोस्रो टी२० मा पनि न्युजील्यान्ड विजयी

न्युजील्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी२० मा चार रनको विजय हासिल गरेको छ ।  बिहीवार डुनेडिनमा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको न्युजील्यान्डले सात विकेटको क्षतिमा २१९ रन बनायो । मार्टिन गुप्तिलले ५० बलमा ९७ रन बनाए भने कप्तान केन विलियमसनले ५३ र जेम्स नीशमले ४५ रन बनाए ।  जवाफमा अस्ट्रेलियाले पूरै ओभर खेले पनि आठ विकेटको क्षतिमा २१५ रन मात्र बनाउन सक्यो । ११३ रन बनाउँदा ६ विकेट गुमाएर लगभग आशा त्यागिसकेको अस्ट्रेलियालाई मार्कस स्टोइनिसले ३७ बलमा ७८ रन बनाएर उद्धार गर्ने कोशिश गरेका थिए । तर उनला...

पहिलो टी२० मा न्युजील्यान्डले हरायो अस्ट्रेलियालाई

न्युजील्यान्डले अस्ट्रेलियाविरुद्ध सोमवार सम्पन्न पहिलो टी२० मा ५३ रनको विजय हासिल गरेको छ ।  जीतमा डेभोन कोनवे नायक रहे । उनले ५९ बलमा नटआउट रहँदै ९९ रन बनाए । उनको योगदानको बलमा न्युजील्यान्डले पाँच विकेटको क्षतिमा १८४ रन बनायो ।  जवाफमा अस्ट्रेलियाको शीर्ष ब्याट्स्म्यानहरू लगालग आउट भए अनि पूरै टीम १३१ रनमा अलआउट भयो । पाँच खेलको शृंखलामा अस्ट्रेलियाको शुरूआत निराशाजनक रह्यो ।    न्युजील्यान्डका फास्ट बलरहरू ट्रेन्ट बोल्ट र टिम साउदीले अस्ट्रेलियालाई शुरूमै ध्वस्त पार्दै १९ रन बन्दासम्म चार विके...