तस्वीरमा हेर्नुहोस् नेपालले आयरल्याण्ड ए लाई हराएको खेल

१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी-२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका […]

सम्बन्धित सामग्री

विश्वकप छनोट क्रिकेटको सातौं स्थानको लागि आज नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि मंगलबार नेपालले आयरल्याण्डसँग खेल्नेछ । विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा पुग्न नसकेपछि नेपाल सातौं स्थानको प्ले अफ् खेलिरहेको छ । प्ले अफ् फाइनलमा पुग्न नेपालले यसअघि युएईलाई हराएको थियो । टेस्ट टोली आयरल्यान्डविरुद्ध मंगलबारको खेल नेपालको लागि कठिन हुनसक्छ । यो खेल नेपाली समय अनुसार दिउँसो पौन […]

टि २० विश्वकपमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हरायो

टि २० क्रिकेट विश्वकप अन्तर्गत आजको खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हराएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको भोलिप्लट नै स्टकल्याण्डले वेस्ट इन्डिजलाई हराएको हो। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज १८.३ ओभरमा अल आउट हुदै  ११८ रन मै सिमित भएपछि स्टकल्याण्ड ४२ रनले विजयी भएको हो । हिजोबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई रनेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् । दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् ।

आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड विजयी

घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १-० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

कीर्तिमानी ब्याटिङको जगमा दक्षिण अफ्रिकाको विशाल जित

दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डलाई ७० रनले हराएको छ । तेस्रो एकदिबसीयमा दक्षिण अफ्रिकाले जित हात पारेपछि विश्व वरीयताको शीर्ष आठमा रहेको टोलिलाई हराएर श्रृखंला हात पार्ने आयरल्याण्डको सपना भने पुरा हुन सकेन । पहिलो एकदिबसीय खेल आयरल्याण्डले जितेको थियो । दोस्रो वर्षाले प्रभाबित भई अबरुद्ध हुन पुग्यो । दक्षिण अफ्रिकाले तीन अघि गरेको प्रदर्शनको ठीक बिपरित तेस्रो एकदिबसीय खेलमा प्रदर्शन गर्न पुग्यो । आयरल्याण्ड बिरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले पहिलो विकेटका लागि २२५ रनको साझेदारी गर्यो । यो सन् २००० पछिको दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो । समग्रमा दक्षिण अफ्रिकाको यो पाँचौं सबैभन्दा ठूलो सुरुवाती साझेदारी हो ।

पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्यान्ड्सद्वारा आयरल्याण्ड पराजीत

आईसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको आफ्नो पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई पराजीत गरेको छ । बुधवार भएको रोमान्चक खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले हराएको हो । दुई टिमबीचको दोस्रो खेल शुक्रवार हुनेछ ।