वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्धको पाँचवटा टी२० को शृंखलामा ३–० को अग्रता लिँदै हात पारेको छ ।
नेपाली समयअनुसार मंगलवार बिहान सम्पन्न तेस्रो टी२० मा वेस्ट इन्डिज क्रिस गेलको विस्फोटक ब्याटिङको सहायतामा ६ विकेटले विजयी भयो ।
टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
वेस्ट इन्डिजले उक्त लक्ष्य १४.२ ओभरमा चार विकेट मात्र गुमाएर हासिल गरेको हो ।
गेलले ३८ बलमा ६७ रन बनाए । यससँगै उनी टी२० मा १४ हजार रन बनाउने पहिलो खेलाडी बनेक...