मेगा बैंक नेपाल लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, २१ जेठ २०७८)

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ३४५ पुगेको हो । गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ भने बोनस शेयर पनि नेप्सेमा सूचीकृत भइसकेको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ९७ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ४५ करोड नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब २९ करोड ७७ लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी रु. १८ दशमलव १९ र मूल्य आम्दानी अनुपात रु. १७ दशमलव ६५ रहेको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ६८ दशमलव शून्य ८ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव २७ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयर मूल्य रु. ३४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२६ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च कायम भएको हो ।

सम्बन्धित सामग्री

दुई बैंक मर्ज भएर 'नेपाल इन्भेष्टमेण्ट मेगा बैंक', आजबाट संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भइ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन्। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने...

अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग ...

मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा २० प्रतिशतसम्मको छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । आईसीयू, एचसीयू, भेन्टिलेटर

धादिङका साना किसानलाई मेगा बैंकले सहुलियत कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरूलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केट लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा संचालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ स्थित शाखा कार्यालयबाट सहुलिय

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ ।  मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ...

बाराका माछापालक किसानलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ– मेगा बैंकले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। मेगा बैंक नेपाल लिमिटेड, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो। यससम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा […]

बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछा पालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्था बीच माछा कृषकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगा

मेगा बैंकको पञ्चवर्षीय रणनीतिक योजना तयार

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेड १२ वर्षमा प्रवेश गरेको छ। ११ औँ वार्षिकोत्सवका अवसरमा पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। ‘हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोहीअनुरूप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भयो। त्यही मौलिकतालाई आत्मसात् गर्दै हामीले […]

मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंक नेपाल लिमिटेड बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटका तर्फबाट सोमबार हस्ताक्षर भयो ।  यो सम्झौतापश्चात् मेगा बैंकले रोराङ्ग गाउँपालिका धादिङ्गका साना किसान, व्यवसायीका साथै व्