दुई बैंक मर्ज भएर 'नेपाल इन्भेष्टमेण्ट मेगा बैंक', आजबाट संयुक्त कारोबार
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भइ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन्। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मंगलवार (भोलि) ३७औं वार्षिक साधारण सभा बोलाएको छ ।
गत फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ । यस वर्ष भने कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गतेदेखि सभा नभएसम्मको अवधिसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
साविक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट २०७९ पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी एक भएको पहिलो वर्ष नै लगानीकर्ताको हात खाली बनेको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ३८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाण्डेले यो बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए । स्थापनाको ३८ वर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको उनले बताए । गएको पुसमा वित्तीय बजारका परिचत बैंकहरू नेपाल इन्भेष्टमेण्ट र […]
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए । बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखी सेवा प्रवाह गरिरहेको अध्यक्ष पाँडेको दाबी छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित भएको बताए ।
यसैबीच, ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा बैंकका कर्मचारीहरूको सहभागिता थियो । सोही अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित बाल पुस्तक पनि सार्वजनिक गरिएको छ ।
काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जरपश्चात यही पुस २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। त्यस प्रकियाको लागि २५ र २६ गते बैकिङ सेवा बन्द रहने भएको छ। मर्जरपश्चात ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को केन्द्रीय कार्यालयको रुपमा साविकको नेपाल इन्भेष्टमेण्ट […]