मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा २० प्रतिशतसम्मको छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । आईसीयू, एचसीयू, भेन्टिलेटर

सम्बन्धित सामग्री

मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छूट

भदौ ३१, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छूट दिने भएको छ ।  मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पताल बीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छूट र प्राथमिकता दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छूट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउने बताइएको छ ।  आईसीयू, एचसीयू, भेन्टिलेटर र औषधी खरीद गर्दा भने १० प्रतिशतसम्म छूट दिने अस्पतालले जानकारी दिएको छ । यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रिया गर्नु परेमा विशेष छूट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ ।  बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यसअघि नै काठमाडौं लगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छूटको व्यवस्था गर्दै आएको छ ।