काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछा पालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्था बीच माछा कृषकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगा