काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरूलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केट लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा संचालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ स्थित शाखा कार्यालयबाट सहुलिय