राष्ट्रपति चढेको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो

२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौंडेलले चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेको उद्धार गरिएको छ । राष्ट्रपति सवार हेलिकप्टरले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट सँगै काठमाडौं ल्याइएको हो । राष्ट्रपति पौडेल रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौं फर्किएका हुन् । […]