काठमाडौं, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् । स्थानीय निर्वाचनको तयारीका लागी पार्टीको कार्याक्रममा सहभागि हुन भैरहवा पुगेका उनी अस्वस्थ भएपछि बुधबार काठमाडौं ल्याइएको बताइएको छ । अस्वस्थ भएपछि ठाकुरलाई भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर, थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको बताइएको छ । […]