त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपतिको पद खाली भएको एक महिनाभन्दा पनि बढी भइसकेको छ । त्रिवि मात्र होइन, हाम्रा शिक्षण संस्था र शिक्षादीक्षाको वातावरण तथा त्यहाँबाट आर्जन गरिने ज्ञान एवं सीपप्रति जनमानसमा असन्तुष्टि बढ्दै गएको छ । विश्वविद्यालयहरूमा दलीय भागबन्डा अति भयो, पार्टी कार्यकर्ताका निकृष्ट अखडाजस्ता भए भन्ने गुनासो जताततै सुनिन्छ । अति भएपछि त्यसको प्रभाव अहिले प्रधानमन्त्री र सांसदहरूसम्म पुगेको छ ।