लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्यकेन्द्रीत बजेट ल्याउन लागेको जानकारी दिनुभएको छ । राप्ती स्वास्थ्य विज्ञान घोराहीको अवलोकनपश्चात् सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘स्वास्थ्यकेन्द्रीत बजेट निर्माणको तयारीमा छौं । प्रदेश सरकारले कोभिडको महामारी न्यूनीकरण गर्ने बजेट ल्याउँछ । यही तयारीमा छौं ।’