अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट स्वीकृत गर्नेसम्बन्धी अध्यादेश प्रदेश प्रमुखसमक्ष पेश गर्ने निर्णय गरेको छ।प्रदेशसभाबाट बजेट पारित हुने नदेखिएपछि बिहीबार मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो।शुक्रबार बिहानै मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद् बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८’ पेश गरेका थिए।मन्त्रिपरिषद बैठकले सोह