लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

रुपन्देही - लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारेमा सम्पूर्ण जानकारी दिइने उहाँले बताउनुभयो । नियमित अधिवेशनबाट बजेट पारित गर्न नसकिने भएपछि लुम्बिनी प्रदेश सरकारले बजेट अधिवेशन नै गएराति अन्त्य गरिदिएको थियो । सरकारले अधिवेशन अन्त्य गरेपछि कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले अधिवेशन अन्त्यको विरोध गर्दै संसद अधिवेशन सुरु गर्न...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकार र विपक्षीबीच सहमति - NepaliPatra

दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ। बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो। यसअघि लगातार बैठक अवरुद्ध गर्दै आएको प्रमुख बिपक्षी दलले मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाउँदै बजेट पुस्तिकासमेत […]

लुम्बिनी प्रदेश सरकार : ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च गरेको छ । २०७४ फागुन ३ गते स्थापना भएको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका तीन आर्थिक वर्षमा १ खर्ब ४७ अर्ब ६२ करोडको बजेट ल्याएको थियो । जसमध्ये पुुँजीगततर्फ ८५ अर्ब १० करोड र चालुतर्फ ६२ अर्ब […]

लुम्बिनी प्रदेश सरकार वर्ष दिनमा बाउन्न उपलब्धि

लामो राजनीतिक उतारचढावबीच तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको बहिगर्मनपछि बनेको वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले एक वर्षमा ५२ वटा महìवपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । २०७८ साउन २८ गते लुम्बिनी प्रदेश सरकार परिवर्तन भएको थियो । त्यसलगत्तै असोज २० मा अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट कार्यान्वयनमा ल्याउनुु, आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत, प्रतिव्यक्ति आय एक हजार १०३ अमेरिकी डलर र राष्ट्रिय कुल गार्हस्थ्यमा १४.१ प्रतिशत योगदान रहनुुलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ ।

लुम्बिनी प्रदेश : सरकार बजेट तयारीमा, विभागीय सचिव बिदामा

लुम्बिनी प्रदेश सरकारले आगामी बजेटको तयारी गरिरहेको छ तर मन्त्रीसँगको टसलपछि विभागीय मन्त्रालयका सचिव लामो समयदेखि बिदा बसेका छन् ।

नीति तथा कार्यक्रमको तयारीमा लुम्बिनी प्रदेश

संघीय सरकारको बजेट सार्वजनिक भएपछि लुम्बिनी प्रदेश सरकार पनि नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । स्रोतका अनुसार लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सरकारले नीति कार्यक्रमको प्रस्तावित मस्यौदा तयार गरेर मन्त्रालयगत छलफल सुरु गरेको हो ।

लुम्बिनी प्रदेश सरकार र जसपाभित्रको विवादमा यस्तो छ ‘कनेक्सन’

बुटवल । शंकर पोखरेलको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारले आफूलाई असार २७ गतेसम्मका लागि सुरक्षित तुल्याएको छ । विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आएपछि संकटमा परेको प्रदेश सरकारले कम्तीमा असार २७ सम्मका लागि स्थायित्व पाएको हो ।प्रदेशसभामा जसपाभित्र देखिएको विवादका कारण एकातिर वर्तमान सरकारलाई विश्वासको मत लिनुपर्ने नैतिक दबाब बढ्दै थियो । जसका कारण प्रदेशसभामा बजेटमाथिको छलफल र बजेट पारित गर्ने प्रक्रियासमेत अवरुद्ध हुँदै आएको थियो । तर प्रदेश सरकारमासमेत सहभागी भएका जसपाका चार स

बहुमत गुमाएको लुम्बिनी प्रदेश सरकारले कसरी ल्याउला बजेट ?

लुम्बिनी प्रदेश सरकार यतिबेला राजनीतिक संकटको उत्कर्षमा छ । प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रक्रिया सुरु गरे पनि सरकारको स्थायित्वमा प्रश्न उठिरहेको छ । विपक्षी दलले प्रदेश सरकार अल्पमतमा रहेको दावी गर्दै आएका छन् । राष्ट्रियसभा उपनिर्वाचन परिणामले आफूहरुको दावीलाई पुष्टि गरेको उनीहरुको तर्क...

बजेट निर्माणमा जुट्यो लुम्बिनी सरकार

सरकार निर्माणले पूर्णता नपाउँदा अलमलमा रहेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेको छ । सरकारले पूर्णता पाएपछि लुम्बिनी प्रदेश सरकारले बजेट निर्माणको लागि रायसुझाव सङ्कलन थालेको छ । सल्लाह सुझावका आधारमा सरकारले अधुरा योजनालाई पूरा गर्ने गरी बजेट निर्माणको काम थाल्ने भएको छ ।