एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा छ्याछ्याप्ती नक्कली औषधिहरु बिक्री हुन थालेका छन्। कोरोनामा उपयोगी मानिएका रेमडिसिभिरजस्ता औषधि नक्कली बनाएर बिक्री गर्न थालिएको हो। अक्सिजन सिलिन्डरका साथै कोरोनाका औषधि बजारमा अभाव छ। पाइए पनि दोब्बर मूल्य असुल्न थालिएको छ। दिल्लीमा सात सय भारु पर्ने अक्सिजन प्रतिसिलिन्डर अहिले १५ सयमा बेच्न थालिएको छ। सरकारले नागरिकलाई सचेत रहन र नआत्तिन अनुरोध गरेको छ।