कोरोना पीडितलाई हैदराबादद्वारा ३० करोड सहयोग

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराईजर्स हैदराबादले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न प्रभावित मानिसहरुलाई राहत प्रदान गर्न ३० करोड भारु सहयोग गरेको छ। हैदराबादले भारतमा स्वयम्सेवी संगठनहरुको सहयोगमा चलिरहेको राहत कार्यका लागि ३० करोड भारु सहयोग गरेको हो। ‘यो रकमको प्रयोग भारतको विभिन्न राज्यमा चलिरहेको अभियानमा गरिनेछ। यसबाट पीडितहरुलाई अक्सिजन सिलिन्डर, औषधि आदि उपलब्ध गराइनेछ’, हैदराबादले बताएको छ।

सम्बन्धित सामग्री

जावलाखेल गुप अफ इन्डष्ट्रिजको दुई करोड सहयोग

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोड रुपैयाँको अनुदान सहयोग गरेको जनाएको छ । कोरोना महामारीविरुद्ध लड्न सहयोग गरेको कम्पनीले जनाएको छ ।सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोरोना प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि दुई करोडको प्रत्यक्ष […]

कोरोना रोकथाम र नियन्त्रणमा नबिलको ८ करोड सहयोग

नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने समझदारी गरेको छ । कोभिड–१९ को दोस्रो लहर तीव्र गतिमा फैलिँदै जा“दा अस्पतालमा बिरामीले...

कोरोना महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना महामारीबिच पीडितको लागि १५ करोड सहयोग गरेका छन्। उनलाई महामारीको बेला केही पनि सहयोग नगरेको भनि आरोप लगाइएको थियो। उनको लगातार आलोचनासमेत भइरहेको थियो। यसैबिच उनले सोमबार राति ब्लगमार्फत सहयोग रकमको खुलासा गर्दैँ ट्रोलहरुको जवाफ दिएका छन्। उनले लेखेका छन्, ‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग…

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरेका हुन् ।कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सध

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

कोरोना संक्रमितको उपचारको लागि अनुष्का र विराटको २ करोड सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान क्रिकेटर विराट कोहलीले कोरोना संक्रमितलाई सहयोग गर्ने भएका छन्। अनुष्का र विराटले क्राउड फन्डिङको शुरुवात गरेका छन्। साथै आफूहरुले यसमा २ करोड भारु सहयोग गरेको अनुष्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको…

अक्सिजन कन्सन्ट्रेटरका लागि तेन्दुल्करद्वारा एक करोड सहयोग

काठमाडौं। पूर्वभारतीय क्रिकेटर सचिन तेन्दुल्करले भारतमा बढिरहेको कोरोना सङ्क्रमणविरुद्ध लड्न अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि एक करोड भारतीय रूपैयाँ सहयोग गरेका छन्। “कोरोनाको दोस्रो लहरले हाम्रो स्वास्थ्य प्रणालीमा निकै दवाब सिर्जना गरेको छ। कोरोनाको गम्भीर बिरामीहरूलाई ठूलो सङ्ख्यामा अक्सिजन प्रदान गर्नुपर्ने समयको आवश्यकता देखिन्छ,” तेन्दुल्करले ट्वीटमा लेखेका छन्। ४८ वर्षीय तेन्दुल्कर आफै गत महिना कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका थिए।

अजय देवगनले गरे आईसीयू बेड बनाउन एक करोड सहयोग

काठमाडौं। बलिउड अभिनेता अजय देवगनले कोरोना संक्रमितको उपचारको लागि आईसीयु बेड बनाउन एक करोड भारू सहयोग गरेका छन्। मुम्बइस्थित शिवाजी पार्कमा २० बेडको आईसीयू बेडको बनाउन लागि उनले एक करोड भारू सहयोग गरेका हुन्। कोरोना महामारीको दोस्रो लहरको संक्रमणका कारण भारतको अवस्था नाजुक बन्दै गएको छ। यस्तो अवस्थामा अजयले विभिन्न सहयोगसमेत गर्दै आएका छन्।

कोरोना संक्रमितको उपचारका लागि अक्षय कुमारले गरे एक करोड सहयोग

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारले कोरोना संक्रमितको उपचारका लागि एक करोड भारू रूपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले गौतम गम्भीर फाउण्डेशनलाई एक करोड सहयोग गरेका हुन्। यसअघि कोरोनाको पहिलो लहरमा पनि ३० करोड सहयोग गरेका थिए। प्रधानमन्त्री फाउण्डेशनमा २५ करोड, मुम्बई महानगरलाई ३ करोड र मुम्बई प्रहरीलाई दुई करोड सहयोग गरेका थिए। अन्य समस्यामा परेकालाई पनि सहयोग गर्दै आएका छन्।