प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइएको भन्दै उनीहरूले संघीय संसद् सचिवालय, सभामुख लगायतलाई विपक्षी बनाई महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका थिए । बुधबार साँझ दर्ता भएको उक्त रिटमाथि सं