मर्ज हुँदा अब बढीमा १५ दिन शेयर कारोबार रोक्का हुने

काठमाडौं । धितोपत्र बोर्डले मर्जर सम्बन्धी निर्देशिका जारी गरेको छ । अब मर्ज हुँदा बढीमा १५ दिन मात्र शेयर कारोबार रोक्का हुने भएको छ । साथै, यस अघि मर्जरमा गएका कम्पनीको शेयर कारोबार तत्काल सुचालु गर्नुपर्ने भएको छ । बोर्डले आजै देखि लागूहुने गरी जारी गरेको “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति […]

सम्बन्धित सामग्री

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । यी दुई कम्पनी एक आपसमा गाभ्ने–गाभिने (मर्जर) गर्न लागेकाले कारोबार रोक्का हुने भएको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । दुवै कम्पनीकोे शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार सुरु फागुन २४ गतेदेखि १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार भोलिदेखि रोक्का रहने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भोलिदेखि १५ दिन रोक्का हुने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भोलिदेखि एकीकृत कारोबार शुरु गर्दैछन् ।  सोही कारण शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै कम्पनीले नेप्सेलाई पत्र लेखेको छ ।

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको  शेयर कारोबार भोलिदेखि १५ दिन रोक्का रहने

काठमाडौं । मर्जरमा गएका धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भोलिदेखि १५ दिन रोक्का रहने भएको छ । यी दुई कम्पनी मर्ज भएर ‘धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार हुँदैछ । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार भोलिदेखि रोक्का रहने भएको हो ।  दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का

काठमाडौं । मर्जरमा गएका साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार असार २४ गतेदेखि १५ दिन रोक्का रहने भएको छ ।  यी दुई कम्पनी मर्ज भई ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै संयुक्त मर्जर समितिले नेप्सेलाई पत्र लेखेको हो ।  यी दुई कम्पनीको मर्जरका लागि नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डले असार ४ गते अन्तिम स्वीकृति दिएका थिए । दुई कम्पनी १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । हेर्नुस् सूचना

शुक्रवारदेखि एक हुँदै हिमालयन र सिभिल बैंक, सिभिल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी फागुन १२ गते शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । दुवै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुँदै छ । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।  प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । प्राप्ति प्रक्रिया पूरा गर्नुअघि नै दुवै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत नै दुवै बैंकले लाभांश प्रस्ताव पारित गरिसकेका हुन् ।  यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४४ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतसमेत गराइसकेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५२ करोड ९६ लाख ३६ हजार पुगेको छ । त्यस्तै हिमालयन बैंकले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाख २५ हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले नगद लाभांश वितरण गरी बोनस शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत गराइसकेको छ । हिमालयन बैंकको ८ प्रतिशत बोनसपछि चुक्तापूँजी रू. १४ अर्ब ६२ लाख २३ हजार कायम भएको छ । शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्ने भएसँगै नेप्सेले प्राप्ति हुन लागेको सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको छ । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको बढीमा १५ दिन कारोबार रोक्का गर्नुपर्ने व्यवस्थाबमोजिम नेप्सेले सिभिल बैंकको शेयर कारोबार फागुन १२ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो ।

तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा, मंगलवारदेखि कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सकोे शेयर फुकुवा गरेको हो । नेप्सेले यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो ।  यी कम्पनीको भोलि अर्थात् मंगलवारदेखि शेयर खरीदविक्री गर्न मिल्नेछ । यी तीनओटै कम्पनीले एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै गत जेठ ३ गतेदेखि शेयर कारोबार रोक्का भएको थियो ।  हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिन मात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै रोक्का रहेका कम्पनीहरूले कारोबार फुकुवाको प्रक्रिया अघि बढाएका हुन् ।

१५ दिन शेयर कारोबार रोक्का हुने

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री गर्न नपाउँदा त्यसबाट ठूलो हैरानी खेप्नु परेको थियो । गर्जो टाराँैला भनेर गरिएको लगानी लामो समयसम्म चुपचाप राख्नु पर्दा त्यसबाट पर्ने नकारात्मक असरको भुक्तभोगी शेयर बजारमा लगानी […]

एकीकृत कारोबारपछि मात्रै १५ दिन शेयर कारोबार रोक्का हुनेः निर्देशिका

काठमाडौँ,२४ कार्तिक । धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री गर्न नपाउँदा त्यसबाट ठूलो हैरानी खेप्नु परेको थियो । गर्जो टारौँला भनेर गरिएको लगानी लामो समयसम्म चुपचाप राख्नु पर्दा त्यसबाट पर्ने नकारात्मक असरको भुक्तभोगी शेयर बजारमा […]

आज शेयर कारोबार नहुने

आज असोज २१ गते शेयर कारोबार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।सरकारले आज घटस्थापनाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । घटस्थापना दशैको पहिलो दिन हो  । यस संगै प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।दशैँ सुरु भएकोले अब असोज महिनामा अब ३ दिन मात्र  शेयर कारोबार हुने छ  । अब असोज २४ गते २५ गते तथा असोज ३१ गते शेयर कारोबार हुने छ  । सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ ।