काठमाडौं : कोरोना महामारीका कारण बन्द भएका विद्यालय पाँच महिनापछि सञ्चालनमा आउन थालेका छन्। मंगलबारबाट काठमाडौं उपत्यकाभित्र र बाहिरका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन हुन थालेको हो।काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारबाट सबै निजी तथा सामुदायिक विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी पढाउन अनुमति दिएको छ।जसअनुसार जोरपाटीस्थित सेन्टेनिअल माध्यमिक विद्यालय,गोकर्णको गोकर्ण माध्यमिक विद्यालय लगायत विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन भइरहेकाे छ। हुम्लाकाे ज