बुढानीलकण्ठ सवारी दुर्घटनाका आरोपित दोषी ठहर, ६ महिना कैद एक हजार रुपैयाँ जरिवाना

काठमाडौँ । दुई वर्षअघि काठमाडौँको बुढानीलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले आंशिक दाबी पुग्ने ठहर गर्दै दोषी ठहर गरेको हो । आइतबार न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासमा परेको उक्त मुद्दाको बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा परेको थियो । सोमबार बहस सकिएपछि काठमाडौँ जिल्ला अदालतले आंशिक दाबी पुग्ने ठहर […]

सम्बन्धित सामग्री

प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रत

ललिता निवास प्रकरणः भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर

काठमाडौँ – विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु न्यायाधीश खुशीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

कलैया मालपोतका खरिदार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं- भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले आज साहलाई दोषी ठहर गरेको हो। अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको […]

उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर

२९ भदौ, काठमाडौं । खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु यमुना भट्टराई र खुसी प्रसाद […]

बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे दोषी ठहर

काठमाण्डाै - जिल्ला अदालत काठमाण्डाैले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले हिजाे पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने मुलुकी ऐनमा व्यवस्था छ तर अदालतले सजाय निर्धारण गर्न बाँकी छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आ...

यसकारण बाल यौन दुरुपयोगमा दोषी ठहर भए पल शाह

नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाए पनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।शाह

बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

काठमाडौँ । बैङ्किङ कसुरमा मुद्दामा दोषी ठहर भई फरार रहेका रामेछापका ४३ वर्षीय विनोद घिसिङ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलवार काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको हो । उनी विरुद्ध परेको बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत पुस २७ गते एक करोड दुई लाख पचास हजार रुपैयाँ जरिवानासहित २१ दिन […]

पिसाब नलीमा रबर बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर

ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर भएकी छिन् । कास्की जिल्ला अदालतले आइतबार अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय सुनाएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार मात्रै होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको आइतबार थुनछेक बहसको पेसी थियो । तर अदालतले आइतबार नै उक्त मुद्दामा नेपालीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।